January 04, 2011

बज्रपातका पीडाहरु ....

बज्रपातका पीडाहरु उस्लाई मात्रै किन होला
मैलो फाटी मनभरी घाम लाग्ने कैले होला

उस्तै पाएँ घाम जून जाँ गए नि आकाश उस्तै
उच नीच ,जात भात कस्ले रच्यो किन होला

सुख दु:ख जीवनका दुई पाटा बेग्लाबेग्लै
भोग्नै पर्ने भए भाग मन रुने किन होला

जन्मेपछी जानै पर्ने प्रक्रतिको नियम यस्तै
मर्ने मार्ने खेल फेरी मान्छे खेल्छन किन होला