June 12, 2010

प्रतीक्षामा हुन्थें सधैं

प्रतीक्षामा हुन्थें सधैं रित्तो जीवन लिईकन
खुशीयाली खोज्थें सधैं आँसुलाई पीईकन

हाँस्ने गर्थें आगमनमा फूल गास्थें सम्झनामा
आराधाना गर्थें सधैं सफलताको कामनामा

नजरलाई उठाएर बस्थें तिम्रो आगमनमा
फूलहरु फुलाउथें जीवनको आँगनमा

प्रभातको उशासँग लाली छर्थें ओठभरी
तिमीलाई खोज्ने गर्थें फूलैफूलको बोटभरी

सुम्सुमाउँदै फूललाई हाँस्ने गर्थें आँसु लुकाइ
बाँच्ने गर्थें नशापीई जिन्दगीलाई धोका दिई

सप्तरंङी सपनिमा चढाउंथें तिमीलाई
मुस्काउँथें प्रतिक्षामा लुकाउँथें चोटलाई

मरुभुमीसरी जीवन बनाउँछु वसन्त झै
तिम्रो नामको चिनोभनी बाँच्ने गर्छु वादल् भई

June 09, 2010

गजल 'जिन्दगीलाई जिउँदा थाकी'

जिन्दगीलाई जिउँदा थाकी पिएँ अलिकती
फाटिएको मनमुटुलाई सिएँ अलिकती

साथ माग्दा लात दिने निष्ठुरी त्यो मन
जवानीको वैशसँग खिएँ अलिकती

रुदरुद सुके आँसु मङ्जरीमै झर्दा
रुझाउँन नयन आँसु पैंचो लिएँ अलिकती

मिलनको घाऊँ बल्झी पीडा बड्दा पनि
घातहरु समालेर जीवन् जिएँ अलिकती

मिलन विछोड आँसु हाँसो जीवनको रित
भन्ने कुरा गुन्दै हाँसो तिम्लाई दिएँ अलिकती !!!

June 08, 2010

गजल 'सगरमाथा शिर बनाई'

सगरमाथा शिर बनाई बोक्नु पर्छ अब
नाप तौल गरी देशलाई जोख्नु पर्छ अब

स्वार्थीहरु बढे देशमा अशान्तिको लहर उस्तै
रगतभन्दा पसिनालाई पोख्नु पर्छ अब

भेदभाव बढीराछ तेरोमेरो जताततै
अन्याय र अत्याचारलाई रोक्नु पर्छ अब

पहाडमै फुलाउँ गुराँस तराईमा कमल फुल्छ
पहाड तराई छुटाउँनेलाई ठोक्नु पर्छ अब !!!


यहाँ ठोक्नु शब्दको अर्थ अन्यथा नलागोस्

June 06, 2010

अग्ला अग्ला हिमचुली

अग्ला अग्ला हिमचुली कल्पनामा छुन्छु
सम्झनाको सागर तर्दै एकान्तमा डुल्छु

लालिगुँरास ओठमा फक्राई मीठो मुस्कानसँग
चाहनाको संसारमा आफू एक्लै झुम्छु

आँखाभरी सपना फुल्दा जीवन सफल सोच्दै
दोबाटोको गोरेटोमा फूलबनी फुल्छु

ह्रदयको कुहिरोमा झुल्के घाम लाई
वसन्तको बहारसरी हरियाली हुन्छु

उजाडताको नामलिदा वर्षात ल्याउँन खोजि
शरदको जूनजस्तै पूणिमा भैइ खुल्छु

सन्ध्यापछी रातपर्दा अध्यारोको राप सँगै
कहिले काहींभएपनी माया सम्झी रुन्छु

June 04, 2010

तिमी

शब्द होइन तिमी मेरो मुस्कानको तरेली हौ
कसोगरी चिम्लौँ आँखा तिमी मेरो परेली हौ
कोहिछैन मनमन्दिरमा तिम्रै मात्र बास यहाँ
पिर लिन छोडिदेउ भो गरीबस आश त्यहाँ!!