October 29, 2010

देउरालीमा भाकल

देउरालीमा भाकल गर्दा तिमीलाई नै मागें फेरि
मोहनी त्यो रुप तिम्रो दिलैभित्र टागें फेरि

बिर्सुला नी सोच्थें विगत् अनागतमा रमाउँदा
सुख दु:ख समेटेर तिम्रै शहर लागें फेरि

उमेर गयो वैंस गयो रहरहरु फेरिगए
जवानीको हेराइमा रहरलाई नै साँधें फेरी

आशाजती मारिसकें जिन्दगीको भोगाइमा
जस्ले जे- जे भनुन अब लक्ष्मण रेखा नागें फेरि

तिमिलाई नै भनि

तिमिलाई नै भनि मैले फूलमाला गाँसेको हो
मनमुटुमा आघात बोकी तिम्रैलागी हाँसेको हो

हल्लाउ हात गोरेटोमा ,भेट हुँदा कहिलेकाहीं
सारा संसार बिर्सिएर तिमी भनि बाँचेको हो

छल गर्छौ थाहै थियो, फेरी पनि माया दिएँ
मारुनिको ताल्मा जस्तै तिम्रै ताल्मा नाँचेको हो

पत्झर्सरी तिम्रो जीवन, वसन्त झै फुलाएँ थें
मन मिल्ने मित भन्दै मैले शरद मासेको हो!!!!!!!!!!!

आजै मरें भोली

आजै मरें भोली मरें भन्दा भन्दै बाँचे फेरी
जानिजानी पिरतिका मुनाहरु भाँचें फेरी

अनिदोले आँखा दुखे ,सम्झनाले मुटु मेरो
छट्पटिमै गृष्म बित्यो शरदपनि माँसें फेरी

डाँडा काटे आफ्न्तले, बेहोसिमै हिंडें यता
अनायासै अतीत बल्झ्यो कल्पनामै हाँसें फेरी

निभेको त्यो दीयो अनी सप्तरङी टीकासँगै
झुटो आशको चाहनामा मखमली गाँसें फेरी