June 22, 2011

चुरा बज्दा तिम्रो .....

चुरा बज्दा तिम्रो हातका गर्ने गर्छन् मेरो कुरा
फरियाले फर्फर गर्दा लाग्ने गर्छ जीवन पुरा

कती नै भो रेसमी केश, सुम्सुमाउँदै हाँसेको नि
त्यही हाँसो भित्र पाउँछु मेरो आफ्नो संसार सारा

आफ्नो लक्ष्य बिर्सिएर हिंडेकीथ्यौ मेरो साथ
दुवै लक्ष्य एउटै भन्दै चलेको छ जीवनधारा

सुन्दर सुन्दर कल्पना ति भविष्यका पाईलाभित्र
कोर्दै सहज अँगालेथ्यौ मेरो गाउँले, पाखेपारा