February 18, 2011

हरपल हरमोड दौडिरहें............

हरपल हरमोड दौडिरहें रुवाइरह्यो जिन्दगीले
सकुन्जेल लडिरहें बगाइरह्यो जिन्दगीले

सपनाहरु परेलिमा, प्रत्येक दिन भिन्दाभिन्दै
मारुनिको तालमा जस्तै नचाइरह्यो जिन्दगीले

हाँस्न खोजें आँसुपीइ, झिनो आशा बोकिकन
बाचुन्जेल घाऊ बनी दुखाइरह्यो जिन्दगीले

शिशा जस्तै चकनाचुर, भाग्य यस्तो कस्ले रच्यो
फुल्न खोजें गुराँस जस्तै लुकाइरह्यो जिन्दगीले

टाल्दै गएँ पीडालाई, मलमपट्टी आशा बनाई
क्षितिज छुन उठ्न खोज्दा लडाइरह्यो जिन्दगीले

काँढालाई सुमन सोची, अघि बढ्छु भन्दापनि
सारा शरीर शिथिल बनाई बसाइरह्यो जिन्दगीले

February 17, 2011

नाता बाँकी नामको मात्र

नाता बाँकी नामको मात्र मर्यादा त नाघीसक्यौ
मेरो प्रेम लत्याएर उनलाई दिलमा टाँगिसक्यौ

एकै पलमा हजार पल्ट, याद तिम्रो गर्थें मैले
मेरो यादको चिता जलाई अन्तै बसाइ सारिसक्यौ

तिम्रो मेरो संसार एउटै, भन्दै फूल रोपेको हो
हराभरा संसार छोडि चट्ट माया मारिसक्यौ

पीडा दियौ सधैंभरी, दुखीरहें हरपल यहाँ
क्षितिज छुन्छु सोच्छौ अझै तिम्ले जीवन हारिसक्यौ

February 08, 2011

मन मन्दिरको चारैतीर

मन मन्दिरको चारैतीर तिम्रो नै छ प्यारो ना
जती पत्थर हान्छौ दैव कतै छैन दुख्ने ठाउँ
जो चल्दा नि तिम्रै जस्तो लाग्न थाल्यो आहट पनि
इच्छा जती मरे दैव शान्तिसँग बाँच्न पाऊँ

मन बिसाउने चौतारी नि भत्क्यो तिम्ले जादा छोडि
लाग्न थाल्यो दैव अब छैन कहीं आफ्नो गाउँ

पिरतिका मुना टिपी लाग्छ केशभरी लाउँ
जती पीर नी खेप्छु दैव छैन अब बाड्ने ठाउँ