December 13, 2010

पापी मन हो

पापी मन हो कहिलेकाहीं उचनीच हुन्छ हजुर
अरु जस्तै मलाई पनि भावनाले छुन्छ हजुर

दर्किदिन्छ बेमौसममा नयनबाट बर्षे झरी
त्यही बर्षे भेलसगै फेरी यो मन झुम्छ हजुर

खुशीहरु रित्ताइ दिने मिथ्या लाग्छ माया पनि
पग्लिएर दिल्को घाऊ पछेउरिनै भिज्छ हजुर

October 29, 2010

देउरालीमा भाकल

देउरालीमा भाकल गर्दा तिमीलाई नै मागें फेरि
मोहनी त्यो रुप तिम्रो दिलैभित्र टागें फेरि

बिर्सुला नी सोच्थें विगत् अनागतमा रमाउँदा
सुख दु:ख समेटेर तिम्रै शहर लागें फेरि

उमेर गयो वैंस गयो रहरहरु फेरिगए
जवानीको हेराइमा रहरलाई नै साँधें फेरी

आशाजती मारिसकें जिन्दगीको भोगाइमा
जस्ले जे- जे भनुन अब लक्ष्मण रेखा नागें फेरि

तिमिलाई नै भनि

तिमिलाई नै भनि मैले फूलमाला गाँसेको हो
मनमुटुमा आघात बोकी तिम्रैलागी हाँसेको हो

हल्लाउ हात गोरेटोमा ,भेट हुँदा कहिलेकाहीं
सारा संसार बिर्सिएर तिमी भनि बाँचेको हो

छल गर्छौ थाहै थियो, फेरी पनि माया दिएँ
मारुनिको ताल्मा जस्तै तिम्रै ताल्मा नाँचेको हो

पत्झर्सरी तिम्रो जीवन, वसन्त झै फुलाएँ थें
मन मिल्ने मित भन्दै मैले शरद मासेको हो!!!!!!!!!!!

आजै मरें भोली

आजै मरें भोली मरें भन्दा भन्दै बाँचे फेरी
जानिजानी पिरतिका मुनाहरु भाँचें फेरी

अनिदोले आँखा दुखे ,सम्झनाले मुटु मेरो
छट्पटिमै गृष्म बित्यो शरदपनि माँसें फेरी

डाँडा काटे आफ्न्तले, बेहोसिमै हिंडें यता
अनायासै अतीत बल्झ्यो कल्पनामै हाँसें फेरी

निभेको त्यो दीयो अनी सप्तरङी टीकासँगै
झुटो आशको चाहनामा मखमली गाँसें फेरी

August 31, 2010

तिमी आउनै अबेर गर्यौ 'गजल '

तिमी आउनै अबेर गर्यौ ,हेर फूल फुली सके
अझै ग्रष्म सोच्छौ तिमी फूल्मा भम्ररा डुलीसके

दिएकै थें हात मैले तिमीले नै घात गर्यौ
आज मेरा लागी अन्तै, ढोकाहरु खुली सके

आँखाबाट साउन दर्केयो मुटु दुखाइ जादा तिमी
अतीत मनमै ताजा भन्छौ ,हेर नयन् भुली सके

गुलाब जस्तै गुलाबी थे लोचनहरु जागा बस्दा
आफ्नो बाटो लाग तिमी मेरा सपना झुली सके

August 12, 2010

सुख दु:खमा साथ दिन्छु

सुख दु:खमा साथ दिन्छु भन्थ्यौ पहिले पहिले
आसुँ झार्दा तर्किएर हिडिदिन्छौ अहिले

साथ देऊ मुस्कान दिन्छु भन्थ्यौ पहिले पहिले
त्यही साथ भार भयो भन्ने गर्छौ अहिले

दुई ज्यान एक मुटु भन्थ्यौ पहिले पहिले
अर्कै रैछ तिम्रो मुटु भन्ने गर्छौ अहिले

जूनिभरलाई हाम्रो माया भन्थ्यौ पहिले पहिले
तिम्रो मेरो बाटो बेग्लै भन्छौ किन अहिले

June 12, 2010

प्रतीक्षामा हुन्थें सधैं

प्रतीक्षामा हुन्थें सधैं रित्तो जीवन लिईकन
खुशीयाली खोज्थें सधैं आँसुलाई पीईकन

हाँस्ने गर्थें आगमनमा फूल गास्थें सम्झनामा
आराधाना गर्थें सधैं सफलताको कामनामा

नजरलाई उठाएर बस्थें तिम्रो आगमनमा
फूलहरु फुलाउथें जीवनको आँगनमा

प्रभातको उशासँग लाली छर्थें ओठभरी
तिमीलाई खोज्ने गर्थें फूलैफूलको बोटभरी

सुम्सुमाउँदै फूललाई हाँस्ने गर्थें आँसु लुकाइ
बाँच्ने गर्थें नशापीई जिन्दगीलाई धोका दिई

सप्तरंङी सपनिमा चढाउंथें तिमीलाई
मुस्काउँथें प्रतिक्षामा लुकाउँथें चोटलाई

मरुभुमीसरी जीवन बनाउँछु वसन्त झै
तिम्रो नामको चिनोभनी बाँच्ने गर्छु वादल् भई

June 09, 2010

गजल 'जिन्दगीलाई जिउँदा थाकी'

जिन्दगीलाई जिउँदा थाकी पिएँ अलिकती
फाटिएको मनमुटुलाई सिएँ अलिकती

साथ माग्दा लात दिने निष्ठुरी त्यो मन
जवानीको वैशसँग खिएँ अलिकती

रुदरुद सुके आँसु मङ्जरीमै झर्दा
रुझाउँन नयन आँसु पैंचो लिएँ अलिकती

मिलनको घाऊँ बल्झी पीडा बड्दा पनि
घातहरु समालेर जीवन् जिएँ अलिकती

मिलन विछोड आँसु हाँसो जीवनको रित
भन्ने कुरा गुन्दै हाँसो तिम्लाई दिएँ अलिकती !!!

June 08, 2010

गजल 'सगरमाथा शिर बनाई'

सगरमाथा शिर बनाई बोक्नु पर्छ अब
नाप तौल गरी देशलाई जोख्नु पर्छ अब

स्वार्थीहरु बढे देशमा अशान्तिको लहर उस्तै
रगतभन्दा पसिनालाई पोख्नु पर्छ अब

भेदभाव बढीराछ तेरोमेरो जताततै
अन्याय र अत्याचारलाई रोक्नु पर्छ अब

पहाडमै फुलाउँ गुराँस तराईमा कमल फुल्छ
पहाड तराई छुटाउँनेलाई ठोक्नु पर्छ अब !!!


यहाँ ठोक्नु शब्दको अर्थ अन्यथा नलागोस्

June 06, 2010

अग्ला अग्ला हिमचुली

अग्ला अग्ला हिमचुली कल्पनामा छुन्छु
सम्झनाको सागर तर्दै एकान्तमा डुल्छु

लालिगुँरास ओठमा फक्राई मीठो मुस्कानसँग
चाहनाको संसारमा आफू एक्लै झुम्छु

आँखाभरी सपना फुल्दा जीवन सफल सोच्दै
दोबाटोको गोरेटोमा फूलबनी फुल्छु

ह्रदयको कुहिरोमा झुल्के घाम लाई
वसन्तको बहारसरी हरियाली हुन्छु

उजाडताको नामलिदा वर्षात ल्याउँन खोजि
शरदको जूनजस्तै पूणिमा भैइ खुल्छु

सन्ध्यापछी रातपर्दा अध्यारोको राप सँगै
कहिले काहींभएपनी माया सम्झी रुन्छु

June 04, 2010

तिमी

शब्द होइन तिमी मेरो मुस्कानको तरेली हौ
कसोगरी चिम्लौँ आँखा तिमी मेरो परेली हौ
कोहिछैन मनमन्दिरमा तिम्रै मात्र बास यहाँ
पिर लिन छोडिदेउ भो गरीबस आश त्यहाँ!!

May 31, 2010

चौतारी कुर्नु दोबाटो

चौतारी कुर्नु दोबाटो ढुक्नु फर्केर आउँने छु
मायाको सौगात आँचलभरि बोकेर ल्याउँने छु

यस्तै हालत पहिले जस्तै विछोडमा बाँचदा
मायालाई सम्झि मुस्काउँने गर्छु गुराँस हाँसदा

पर्खेर बसे आउँछु चाडै गोधुली साझामा
सजाई राख्नु फुल्बारी हाम्रो स्वर्गको माझमा

शिखर चुम्न जाउँला सँगै क्षितिजको बाटोमा
मिलनमा मात्रै बाँचौंला तब विछोडको साँटोमा

नौडाँडापारी झुल्के घाम डुब्दा पिरती साँटौंला
एकान्तकुना निर्जन वनमा गएर भेटौंला

वसन्ती फूल टिपौंला सँगै वसन्त ऋतुमा
प्रीतिका गीत बसेर गाउँला सुवासी रातमा

नहुनु उदास सम्झेर तिमी नबल्झाउ भावना
दु:खमा डुब्दै पीडाको यहाँ गर्दै छु सामना !!

बोल्दा वात लाग्छ

किन होला हिजोआज बोल्दा वात लाग्छ
फूल टिप्न खोज्दा पनि काँडा हात लाग्छ
आँसु पिए पनि किन नशा जस्तै लाग्छ
आजभोली कुन्नि किन दिउँसै रात लाग्छ

झार्नु हुन्न आँसुभनि सम्झाए झै लाग्छ
खुशीको त सीमारेखा छोडि टाढा भाग्छ
किनहोल हिजोआज मातैमात लाग्छ
मुस्कान खोज्न हिडुं भन्दा आँसु साथ लाग्छ

सास फेरी बाँचेपनि जिउँदै लास लाग्छ
यताउती नजरदिदा खाली उदास लाग्छ
धेरै माथि उचाइबाट झरी जस्तो लाग्छ
बोल्दा पनि किन होला उल्टै वात लाग्छ

प्रभात भन्छन सबै तर किन साँझ लाग्छ
आजभोली हाँस्दा पनि दुखी भा झै लाग्छ
खुशीसँग रमाएनि आँसु माझ लाग्छ
दुई शव्द मिठो बोल्दा किन वात लाग्छ !!!

दोबाटोको गोरेटोमा पर्खि बस्दा

दोबाटोको गोरेटोमा पर्खि बस्दा पनि
धरैदिन बितिसके फर्केनौ नि तिमी
आँखातानी क्षितिजतर्फ घोरिएर हेर्दा
आउदैनौ तिमी अब भन्ने कुरा गुन्छिन

आजभोली देउरालीमा अरु भेटिन्छन् रे
यिनको नाम लिदा भने झर्किदिन्छौ अरे
सन्ध्या पनि धेरै भयो अन्तै काट्छौ अरे
यस्तै यस्तै नचाहिने कुरा सुन्छिन यिनी

जिन्दगीको निरस कथा उसैलाई नै छोडें
भनी आज व्यङ्ग्य हाँसो हाँस्छौ अरे तिमी
कहिले काहीं केही सोध्दा झर्कन्छौ रे तिमी
यस्तै यस्तै नचाहिने कुरा सुन्छिन यिनी

के भूल थियो मायामा

के भूल थियो मायामा मेरो छोडेर गईदियौ
ह्रदय मेरो खरानीपारी पराई भइदियौ
उजाड तिम्रो जिन्दगिभरी वसन्त ल्याएँथें
आफ्नो नै हुन्छौ भनेर अनि जीवन सुम्पेथें

एकलासपारि कल्पेर रुदा साहारा दिएँथें
मायाको नशा पिउँन दिदा हाँसेर पिएँथें
के थियो कमी मुस्कानमा मेरो छोडेर गईदियौ
ह्रदय जलाई खरानी बनाई पराइ भइदियौ

चन्द्र र सूर्य नयन छोप्थे त्यो हाम्रो मिलनमा
कसरी बाँच्यौं काँ प्रीत साँच्यौं विछोडको बेलामा
सम्झना पनि आएन हकी निष्टुरी रहेछौ
एकलासपारी माया नै मारि टाढा पो गएछौ

के खोट थियो जीवनमा मेरो लत्याइ गयौ नि
सिउँदो मेरो उजाड पारी पराइ भयौ नि
सपना पनि देख्दैनौ हकि गुराँस सिउँरेको
धरै भो आज मायालु नजर थाकेर निहुँरेको

प्रतीक्षा पनि खेर गो हेर सक्दिन पर्खन
बिर्सिदिउँ भन्छु अतीतका गाथा विर्सन सक्दिन
घातमात्रै थिए तिम्रो त साथमा हात मैले दिएँथें
मुस्कान तिम्लाई दिएर मैले चोटहरु लिएँथें

ताजै छ हेर गोधुलीभित्र रमाइ हाँसेको
सक्दिन छोप्न यी आँखाभरी तस्वीर नाचेको
गैदियौ टाढा सम्झना गाढा भएर आउछ
स्म्रीती ताजा पारेर बस्दा आँसु पो झर्दछ

के गरें गल्ती यसरी तिमी छोडेर गयौ नि
मुटुलाई जलाई घायल बनाई पराइ भयौ नि

बालपन

फूलका थुङ्गा बोकेर हिड्थें उकाली ओराली
प्रभातसँगै छाउँने गर्थें आफन्ती मनभरी

टिपेर दिदा गुलबी फूल माथमा सजाउथें
शैशवकालको उकाली धाउँदा खुसीले रमाउथें

ओठमा हाँसो ल्याउथें सधैं आमालाई देखेंमा
उठाउनु हुन्छ बाबाले भन्थें खेलेर लोटेमा

आँखामा फुल्थे कलीला फूल गालामा गुलाबी
मुटुमा बस्थे हृदयमा छाउथे पालुवा पल्लवी

चुडेर लिदा मायाको फूल छिनैमा फकाउथे
मनको कुरा पुगेन भने रिसले झर्किन्थें

मायामा भुल्थें सपनिमा फुल्थें चोटहरु लगे नि
आशिष थुप्रै समेट्ने गर्थें पीरमा परें नि

आँचलभरी पोखिने गर्थ्यो थापेर कामना
अनन्त डुल्थें खुसिमा झुम्थें सजाउथें भावना

वात मर्ने गर्थें पैचासी जस्ता गोधुली साँझमा
सँगैमा हुन्थे बाबा र आमा भाईबहिनी माझमा !!

गजल-'गल्तिहरुको कुरै नगर'

गल्तिहरुको कुरै नगर होस हराएको बेला
माया भन्दै नबोलाउ  तिमि बिहोसिमा  मातिएको बेला

थोरै बाँची धरै मर्दै जीवन कटाएको बेला
नसम्झाउँ विगत आँखा रसाएको बेला

मनको मझेरीमा सम्झना बल्झिएको बेला
नलोलाउ ओठहरु स्‍मृति गुमाएको बेला

आँगनीको डिलमा बसी मोती खसाएको बेला
नहाँस मुटु छेड्ने हाँसो प्रीती सुस्ताएको बेला

घाउ बल्झी अतितले रुझाएको बेला
नमाग साथ जीवन मुर्झाएको बेला !!!

रसाएका आँखा सुके

रसाएका आँखा सुके पर्खिबस्दा उन्लाई
कती चाडै बिर्सिएछ लगाएको गुनलाई

चौतारीमा मिलनको गीत गुनगुनाउँदै
मध्यरातमा तारा गन्दै छोएकाथ्यौं जूनलाई

चौरस्तामा बाटो मोड्दा हल्लाएका हात
नजानिदै बिर्स्यो क्यारे पोखेको त्यो खूनलाई

माझेरिमा रुक्दै हुन्थे वात मिठामिठा
हिजोअस्ति मेरै भन्थ्यो आज सुन्प्यो कुनलाई

माथभरि फक्रेका ती गुलाबका मुना
कुल्चिएर हिडिदियो नफक्रेको फूललाई !!!

आज साह्रै डुबेकी छु

आज साह्रै डुबेकी छु कल्पनाको साँझमा
तिमिलाई सजाएँछु भावनाको माझमा

सम्झनाको सागर मैंले तैरिदैमा भुलें
मनैभरी, फुलें कि म मायाबीच फुलें

होस छैन गीत गाउँदा मनको मेरो मितको
निरासलाग्दो साथ पाएँ जिन्दगीको जीतको

जाउँ कता ठाउँ छैन लाससरी जीवन लीई
बाँचु कती सकिदैन जिन्दगीलाई धोका दिई

सङ्गीत बनाई गाईदिन्छु उन्को नाम्को प्रीतलाई
जिउँदो लास उपहार विश्वासघाती मितलाई !!

गजल

कोपिलामै फूल टिप्दा काँडा भेटियो रे
फेरिपनी त्यही प्रहरमा मुटु रेटियो रे

सजिउँ भन्दा सधैंभरी उन्कै सुहागमा
साथ नपाई गोधुलिमा घात भेटियो रे

बहार रोज्यो उनिसंगै खुसियालि पनि
पीडा बढ्यो विछोडमा आँसु पोखियो रे

निलकमल कती राम्रो शशिबीच फुल्ने
ह्र्दयमा कोरिएको तस्वीर मेटियो रे

पछ्यौरीमा थापेको त्यो आँगनिको मिलन
झुटो वाचा भनी आज सिउँदो कोरियो रे !!

May 30, 2010

चाहना

ह्र्दयभित्र छाई देऊतिमी पर्खेर बस्ने छु
चोटहरु जती सँगाले पनि मुस्काइ रह्ने छु

बन्दछु म त भावुक सधैं सम्झदै चाहना
हिमाल चुम्ने कोसिस गर्दा पाउँथें कामना

छर्किदेउ किरण निशालाई सधैं उज्यालो छाऊन
प्रभातको उषा बनिदेऊ तिमी सिउँदो रंगाउन

क्षितिजपारी नपुग्दै लडें मोडहरु सकिए
ह्र्दयभरी साँचेका सपना आज सब रित्तिए

पाइन हेर जिन्दगीभरी जुनेली किरण
नसक्छु सधैं रोएर बाँच्न न आउँछ मरण

चोटहरु थुप्रै मुटुको कुना चस्केर दु:खद छ
सम्झदा सबै अतितका वाचा भक्कानो फुट्दछ

के भूल थियो काँहा थ्यो गल्ती केलाउन सक्दिन
तिम्रै हुँ भनी सुसेल्ने भाका म भुल्न सक्दिन

सुटुक्क आई बताउनु पर्ने गल्ती नै भए नि
फकाई आफै लैजानु पर्ने म टाढा गए नि

सजाए भोगें परेर छल्मा जाली नै रहेछौ
मुटुको टुक्रा सम्झन्थें माया चुडेर लगेछौ

सक्दिन बाँच्न विछोडमा म त रुदैछु सम्झेर
एकपटक फेरी बोलाईदेउ तिमी मुसुक्क हाँसेर

बिर्सने थिएँ अतीतका सबै असंख्य चोटहरु
खुसिले सधैं रंगाउने थिएँ आउने मोडहरु

पीर र व्यथा विर्सन्छु बरु लैजाउ साथमा
सजाईदेऊ गुलाबी फूल उजाड यो माथमा

लजाउँछन नयन सम्झेको बेला छोपेर बस्दछु
चोटहरु साथी सम्झदै अनी हाँसने गर्दछु

पिल्सिदा सम्म पिल्सिएँ हेर पीरहरु बोकेर
बाँच्दै छु आज हरेकपल तिम्रो नाम जपेर !!!

सितारा भित्र उनको मुहार

सितारा भित्र उनको मुहार क्या राम्रो सुहाउँथ्यो
क्षितिजबाट कोइली आई उनलाई बोलाउँथ्यो

प्रभातसंगै फुल्दथे फूल नैरंगे वसन्ती
ती फूल टिप्दै माथमालाई खुशीले घुम्दथी

गोधुली हुन्थ्यो चैतारी धाउँदै गर्दथी प्रतीक्षा
छाहारिमुनी बसेर गुनी गर्दथी समिक्षा

शिशिर ऋतु फक्रेका फूल मुँस्काको गुराँस
टाढा पो गईन माइती छोड्दै छर्कदै सुवास

हाँसेर बाच्थी नयन साट्थी आफ्न्ती माझमा
तिता र मीठ गफमा भुल्थी गोधुली साँझमा

मिलेर खेल्थ्यौ वन र पाखा कोपिला चुड्दथ्यौं
पिरतिभित्र मायाका वात सँगसँगै बाड्दथ्यौं

बितेर गए असंख्य दिन भेट पनि भा छैन
मिलनका ताजा स्म्रतिहरु मेटिन पा छैन

शिरको सिन्दुर पुछियो उन्को जुनेली रातमा
बस्ननै पाइन उनले कहिल्यै मायाको साथमा

सानी छे छोरी हरपल सोध्छे बाबा खोइ भनेर
उत्तर दिन्छिन क्षितिज पारी एक छिन गुनेर

सक्दिन उनी समाजमा अब हाँसेर बाचन
नसक्छिन गाँस्न नसक्छिन अब पिरती साँटन

के भाग्य कोर्यो दैवले उन्को निधारमा कुन दिन
मुस्कान अब सकियो भन्दै रोएर थाक्दिन

भाग्यले ठग्यो आफन्ती माझ विचरी चरिलाई
नझर्नु भन्दै पुकार्ने गर्छिन लोचनको झरिलाई!!!

फाल्गुन ५ /२०५८ कसैको सम्झनामा

May 29, 2010

गजल -'सम्झनाको जालो बुन्दै'

सम्झनाको जालो बुन्दै कल्पनामा डुल्ने गर्छु
फूलै फूलको तरेलीमा हिजोआज फुल्ने गर्छु

मनका बोझ तिम्रोसामु पोखेदेखि होला
भित्र भित्रै फक्रिएर अनन्तमा पुग्ने गर्छु

अट्टाहास मरूभुमि जिन्दगीका कथा भन्थें
आजभोलि त्यही कथा कोरिकन झुल्ने गर्छु

सजाएको भूमरिमा छट्पटाई बाचेँको थें
पीडाजति तिम्ले लिदा रमाएर खुल्ने गर्छु

घुम्ती मोडमा साथ चाहे तिम्रै नाम लिने गर्छु
मझेरीको जूनजस्तै 'नीशा' माझ फुल्ने गर्छु !!

गजल-'अलिकति पिएकी थेयौ'

अलिकति पिएकी थेयौ बेहोसिमै बोल्यौ सानु
मनभित्र लेखिएको गीत गजल खोल्यौ सानु

म पनि त त्यही थिएँ तिम्ले गजल सुनाउँदा
दिलको घाऊ बल्झाएर भित्री मन पोल्यौ सानु

माफि तिम्लाई दिसकेथें जति गल्ती गरे पनि
किन फेरि मनका बोझ आँसुसंगै मोल्यौ सानु

गल्ली चोकमा आज फेरि मातिएर हिंडेयौ तिमी
पिरतिको फुल्बारिमा बिषको प्याला घोल्यौ सानु

कोमल दिलमा राखें माया नयनभरी तिम्रै ब्यथा
नूनचुक मिसाएर प्रेम रसलाई छोल्यौ!!

गजल-'जिन्दगीको मीठो यात्रा'

जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ
प्रेमप्याला पिइकन संगै जिउँन मर्न पाऊँ

वसन्तको आँगनमा फूलहरु सार्दासार्दै
पिरतीको उकालीमा नयाँ रंग भर्न पाऊँ

हाँस्ने चलन छैन भन्छन जताततै पीडैपीडा
लोलाएका ओठहरुमा मिठो मुस्कान छर्न पाऊँ

प्रभातको किरणसरि जीवनमा रम्दारम्दै
हाम्रो प्रेमको फूलबारीमा नयाँ फूल सार्न पाऊँ

त्यो मन जस्तो अरु छैन चाहिदैन खुसीपनि
ब्याथाहरु साटिकन तिमीसंगै झुम्न पाऊँ!!!

गजल-'आज फेरि सम्झें मैले'

आज फेरि सम्झें मैले यो ज्यानको हार भयो
मिठो बोली हिजोआज मुटु रेट्ने धार भयो

खोला तरें जङ्घार तरें संगम सम्म पुग्छु भनी
बहार थियो पहिले जीवन आज फेरि झार भयो

टाढा पुग्थ्यो भावना यो टोलाएर सम्झनामा
कल्पनाको सिखर यो पर्खालरुपी बार भयो

बात मीठो साथ मीठो लागिरन्थ्यो पहिले पहिले
कुन्निकिन त्यही साथ अब मलाई भार भयो

बाध्यता त होइन भन्दा मुस्काउथें टोलाएर
मुस्कानको तरेली त्यो आज जली खार भयो

२०६१-२-

गजल-'बनावोटी मात्रै हो कि'

बनावोटी मात्रै हो कि मिठो बोली बोल्ने
मुस्कान मात्रै दिने हौ कि मनमुटु नै खोल्ने

कति आए कति गए माया दिन्छु भन्ने
त्यसz`cftctjjnमा तिमी पहिला हौ मनको ढोका खोल्ने

ॠतुमा म वसन्त हुँ फूलमा गुलाब भन्ने
आए गए धरै ॠतु मनमुटुलाई भाँच्ने

बीच मोडमा छोडदै पछी हौ कि निरास पर्ने
तिमी साथी पहिला हौ मनको चोट गन्ने !

गजल-'सम्झना झन चर्किएर'

सम्झना झन चर्किएर नयनमा बल्झेको छ
टम्म कुहिरो ह्र्दयमा हिमाल अझै टल्केको छ

न सकिन्छ बिर्सनलाई न त लाग्छ बिर्सुजस्तो
झक्झकाउने उनको याद पछेउरिमा अल्झेको छ

चस्स घोच्ने काडा पनि पल्लवि नै लाग्थ्यो क्यारे
ह्र्दयको वनैभरी डढेलो नै सल्केको छ

हिजोसम्म मीठो लाग्ने पिरतिको रीत पनि
मुटु खाने व्यथा बन्दै आजभोली गल्केको छ

घुर्की पनि प्यारो लाग्थ्यो लालीगुरास मुस्काउथ्यो
मेरो माथको सिरफुल अन्तैतिर चम्केको छ !!!!!

गजल-'हाँस्नै हुन्न'

गुनगुनाउदा गीत बन्यो उनको मेरो प्रेमकथा
नलागेनी हुन्थ्यो अब मनमुटु दुख्ने व्यथा

हाँस्नै हुन्न आजभोलि कुन्निकिन बोझ लाग्छ
नयनबाट झर्न थाल्यो पिरतिको मीठो गाथा

नपत्याए सोध उस्लाई तिम्रै यादमा रातकटाको
सुसेलेथें साथ माग्न बुझिदेनौ तिम्ले भाका

तिमी हाँस्दा के देउ कुन्नी मैले हाँस्दा माया देथें
आउ फेरी गरु सँगै जिउँने मर्ने कसम बाचा !!

गजल-'अनायसै बर्सौपछी'

अनायसै बर्सौपछी आँखाबाट छल्क्यौ साथी
पिरतिमा चोटदिन किनयती पल्क्यौ साथी

बिछोडको मिठोपीडा समाल्दैथे जेनतेन
छट्पटिमै रातकाटें बिहानिमै टल्केयौ साथी

खडेरिमै फुलेपनी हाँसिराथें ससिजस्तै
बेमौसमको बर्षात्सरी जीवनबाटै ढल्क्यौ साथी

छातिमाथि सुल घुप्दै सम्झनालाई रोकेकोथें
अनायासै आजफेरी कल्पनामा सल्केयौ साथी !!!!!!!!

गजल-'बिर्सिएकि छैन'

बिर्सिएकि छैन उन्ले तिमी नै पो जाली सुन्छु
कहाँबाट जाग्छ माया ह्र्दय पो खाली सुन्छु

मन परेको मान्छे तिमी जे भन्दा नि हुन्छ
आजभोली मेरो फूलको अरु नै पो माली सुन्छु

बस्तिभरी फैलिएछ कस्तुरिको मिठो गन्ध
बाच्ने गर्छौ हिजोआज मनको मैलो फाली सुन्छु

देउरालीमा फुलपाती भाकल चढाउने
अबदेखि यिन्को होइन तिम्रो पाली सुन्छु

गजल-'पिउँदै हिंडे गल्ली गल्ली'

पिउँदै हिंडे गल्ली गल्ली पापी मन दुखे पछी
काँहाबाट पाउनु माया तिमीले नै थुके पछी

गल्ती भाथ्यो एउटा सानो धरैपल्ट भनेकै हो
माफी तिमीले दिनु पर्ने निहुरेर झुके पछी

हरियाली हुन्न अब पलाउदैन पालुवा नि
बर्षातको कामै छैन फूल्कै बोट सुकेपछि

प्रीतिको गीत रोपेकोथेँ जतिचोट खाए पनी
मैले मात्रै कहाँ सक्छु तिमीले गाउन चुके पछी

बिर्सिएयकै छैन हेर हात उसको समातेको
आँफै टाढा भागें म त तिमी मोडमै रुके पछी !!

गजल

ह्र्दय यो जलिजलि खाग भई सक्यो
आकांक्षाको तरेलिमा दाग बसि सक्यो

अस्रुधार चुहिकन आँचल भिज्न खोज्दा
अँञ्जुलीले दुई आँखा छोप्न थालि सक्यो

फूलबनि फुलें सोच्दा ओईली झरिसकें
किन होला प्यारो जीवन उदास बनी सक्यो

पलपलको तड्पाइमा मुटु दुख्दा दुख्दा
चाहानाको संसारनै अन्तै लम्कि सक्यो

नौडाडाको पारिपट्टि झुल्के घाम डुब्दा
त्यसैसँग माया मेरो ओझेल भई सक्यो

अनन्तको हिमचुलिमा उकालिदै गर्दा
थाकिथाकी आफ्नो लक्ष्य बोझ बनि सक्यो

चाँदनिको रापसगैँ कौसिमुनी बसी
टोलएर नीशा खोज्ने बानी परि सक्यो !!!!

गजल-'मुटु दु:ख्ने पिरती'

मुटु दु:ख्ने पिरती त्यो नलाईदेउ बिन्ती
भित्र बस्न मनाही छ नछोइदेउ बिन्ती

ससिकला चन्द्रकला सितल छहारि झै
होइन रहेछौ कली तिमी नछोईदेउ बिन्ती

उच्च् साथ निचबात कस्तो पिरतीमा
घात बन्छ सम्झना त्यो नबल्झाउ बिन्ती

आँसु जस्तो चोखोमाया निर्मल होइन रैछ
परेलिका भाकाभरी नसुसेल बिन्ती !!

गजल-'सम्झौतको पहाड छुन्थ्यो'

सम्झौतको पहाड छुन्थ्यो आशहरुको बगर
मीठो मुस्कान दिदा भने पक्कै गर्थे ठहर्

हिस्सिनै त राम्रो लाग्थ्यो जे जे भए पनि
आजभोली त्यही मुस्कान भएको छ जहर

स्मर्तीमै टम्म भयो बिर्सु भन्दा बिगत ,
कहाँ फुल्यो कहाँ मुर्झ्यो पिरतीको शहर

चैतारिमा गोधुलीको रवी हेर्दै बस्थें
तेती प्यार थला पनि बने आज नहर

चिन्तन पनि मीठै हुन्थे बात पनि मिठै
न फक्रने फुल बने सम्झी तिनै प्रहर !

गजल-'आँखातानी हेरिदिदा'

केही पाएँ जस्तो लाग्छ गुमाएँ झै केही लाग्छ
अनन्तमा मैले जून भेटाएँ झै लाग्छ

हासो पोखेसरी लाग्छ आँसु लुकाएर
क्षीतिज पुगी मैले ससी छोई जस्तो लाग्छ

बादलपरी मायालुको देशपुगे पछि
बिपनिमै सुन्दर संसार रचेजस्तो लाग्छ

चाँदनीमा पर्दा बन्दै औसी छाएपनि
अन्धकारमै मैले प्रकास पाएँ जस्तो लाग्छ

आँखातानी हेरिदिदा छड्के नजर उनले
'निसा' होइन म त आज उशा जस्तै लाग्छ !!!!!!

गजल-'अझै रङ्ग भर्दै छु म'

भूमरिमा आजभोली कुन्निकिन पर्दै छु म
तरेलिमा सजिएर पछेऊरिमा झर्दै छु म

कैले रोएँ आँसु लुकाई कैले बाढें मुस्कानहरु
सम्झनामा टोलाएर सागरहरु तर्दै छु म

उलास रोज्थें लोचनभरी एकलासे यात्रा गर्दा
हिमसिखरको उचाइबाट तलतिर खस्दै छु म

मिरमिरे प्रभात सँग मीठो लाली छाउँदा
गृष्मयामको खडेरिमा अझै रङ्ग भर्दै छु म

बग्दै जाने ...इच्छा थियो टाढा उस्को क्षीतिजमा
अगिबढ्न नसकेर मझेरिमा रुक्दै छु म !!

गृष्ममा पो फुल्छु.....

सपनाहरु यी किन नियाल्छु
हरपल यी नयनमा प्रीत सँगाल्छु

झस्केर उठेको एउटा तरङग देख्छु
त्यही भित्र मिठो यो प्रीत लेख्छु

अस्पस्ट शब्द नि किन हो म सुन्छु
टोलाउदै यादमा वर्तमान भुल्छु

चाहानासब समेट्दै एउटा हार उन्छु
कल्पनाको संसार चुमेर झुम्छु

फुलाउदै फूल वसन्त नहुँदै म झर्छु
एकलासको एकान्तसंगै म उड्छु

अनेकथरी ...छन सपना हृदयभरी जो गुन्छु!
कस्तो उल्टो छ मति हेर म त गृष्ममा पो फुल्छु !!

May 28, 2010

उनको सम्झनामा

उनको सम्झनामा म फूलहरु फुलाउँछु
झुल्दा झुल्दै कल्पनामा सायद म टोलाउँछु
बसन्त ल्याइदिन्छु गृष्ममा पनि कोपिला मुस्काउँछु
उनको सम्झनामा केवल एउटा संगीत गुनगुनाउँछु

आसाका किरण कोरिदिन्छु धमिलो क्षितिजमा पनि
लुकेर मुस्काउँने गर्छु उनको सम्झनामा अनि
आफै गदगद छु आज अनागतभित्र डुल्दा
बेहोसी मात नै लाग्छ उनको सम्झनामा झुल्दा

बर्षातमा सरद झै लाग्छन अन्धकार रातहरु पनि
लोलाउँछु उनको सम्झनामा मुस्काउँछु आफै अनि
बसन्त ल्याउँछु सधैं यस्तै उनको सम्झनामा
पुष्पका गुच्छाले सिगार्छु सिउँदो नैरङगे सितारामा !!!

गजल-'गोधूलिका अतीत बिर्सि'

गोधूलिका अतीत बिर्सि अन्तै नाता जोड्यौ तिम्ले
घुम्तिमोडमा एक्लैपारी बे-वारिसे छोड्यौ तिम्ले

तिमीविना प्रत्येकपल जिउँदै अनि मर्दैथें म
दोबाटोमा छोडिकन पाइला अन्तै मोड्यौ तिम्ले

बिर्सिएर भूल्न खोज्दा नयनभरि फुल्यौ हेर
पतझरभनी लत्याएर आर्कै फूल गोड्यौ तिम्ले

फूल्लेहानी जिस्काउँदै तिम्रै हुँ म भन्थ्यौ पैले
त्यो भूल थियो भन्दै आज वाचाकसम तोड्यौ तिम्ले

गजल-'गाजल सम्झी लाउँछु भरे'

आशा बिन्दै गरे आमा सपनीमा आउँछु भरे
माया मिसाई खोले दिनु मिठोमानी खान्छु भरे

भन्दा हुन्छ जताततै दिल्को टुक्रा आउँ छ आजै
देउरालीमा पाती चढाँई सिधै तेता धाउँछु भरे

फाट्यो होला चोली तिम्रो नयाँ किनें पीरै नलेऊ
पीडा व्याथा बिर्सिएर मिलन् को गीत गाउँछु भरे

खुलै राखे ढोका मनको थकाई ला छ बस्नुपर्ला
हराएँ छु सिन्दूर भन्थ्यौ खोजिसँगै ल्याउँछु भरे

साथमा छैनौ तिमी आमा विजोगै भो प्रदेशमा
अँन्जुलिमा थापे आँसु गाजल सम्झी लाउँछु भरे !!!!!!

बल्झेका यादहरु

टाढाको वस्ती सम्झना गाढा के गरु सम्झेर
जिन्दगी पनि बेवारिस लाग्छ यादमा तड्पेर

पुग्दैन द्रस्टि खोल्दछु आँखा थाकेर चिम्लन्छु
हरेकपलको तड्पाइसगँ कल्पेर सम्झन्छु

खोलेर हेर्छु मुटुको ढोका यादहरु बल्झेका
आँचल समाई पुछेर हिडछु नयन भिजेका

अमूल्य लग्थे आँखाका आँसु बर्सेर झरदा
कसरी बाच्नु भनेर गुन्थें बिछोडमा परदा

बाचिनै राछु नयनभरि अस्रुधार बोकेर
मुटुको चोखो पवित्र माया कागजमा पोखेर

लाग्दैन थियो हिजो र अस्ति जिन्दगी उदास
छर्के झै मान्थें रहरभरि मायालु सुवास

हासेर बाच्थें वर्तमानसँग अतीत दुखे नि
कुन ठाउँमा छोडि कसरी तोडी मुस्कानका तरेली

गुनेर लिन्छु रमाईला दिन आफ्न्ती माझका
तिता र मीठ सुवासी कुरा गोधूली साझका

बन्द छ कोठा बन्धनभित्र बिचरासरी म
अरुले भन्छन्भाग्य कि खानि खुशी छेस् हरपल त

के थाहा कस्लाई निर्दोसिलाई सजाए भएको
पहिलो दिन्मै पिरती मेरो पराई भएको

गजल-'आफन्तीको बिजोगै भो'

लोचन बने गुलाब मेरा अश्रुधार बग्दा
मझेरीमै सुस्ताइयो चोटहरु पर्दा

हाँसोजति हराए छ आँसु साथी बन्यो
शिरमाथि बज्र्यो दैब पहाड चढ्न खोज्दा

साहस नै हराएको सिंहसरि भइयो ।
साउने झरी दर्किरा'छ दिलको टुक्रा खस्दा

कलिला ती हात उस्का अधरको हाँसो
अब देख्न पाइन्न रे संसार नै तर्दा

शशीसरि मुहार उस्को लोचन उस्का प्यारा
आफन्तीको बिजोगै भो उसले डेरा सर्दा !!

मेरो सानो भाई जस्ले पोहर साल हामी सबैलाई छोडेर कहिले नफर्कने गरी यो संसारबाट बिदा लियो उसैको सम्झनामा केही कोर्ने कोसिसमात्रै !!! 2065

Yo Hallai Hallako Desh Ho

आजको दिनमा भूपी शेरचनको यो कविता कति सान्दर्भिक छ, है?

This is a Country of Hearsay and Rumour
A country where music competition judges
are deaf people sporting earphones,
and where poetry arbiters have souls
in the process of petrifaction,
where wooden legs win races
and where security rifle blades
are held up by broken plastered hands,
a place where doko after doko
kharpan after kharpan
truck after truck of souls
are decked before roadways and verandahs,
where those who become political leaders
sell and buy souls like stock agency shares,
where the champions of the youth bear
corrugated wrinkles on their foreheads,
where the "wash and wear crease" of respectability
of even the worst reprobate never crinkles,
where even the most debased whore's face
of synthetic skin never wrinkles,
where agriculture fairs
display seeds that promise double yields
while spreading news of drought and famine,
where in the place of Bagmati and Bishnumati rivers
beer and whisky now trickle,
and where Pashupati and Swayambhu are used
not to get a taste of sacred offerings
but for a taste of Adam and Eve's forbidden fruit
in the surrounding jungles and forests,
where sugar factories produce not sugar but alcohol,
where free mothers birth not sons but lahureys,
where great poets die before their time
still unable to pay off debts,
where a poet insane with his country's anxiety
must seek refuge in another country's hospital,
and where the sole daughter of the goddess Saraswati
withers in her youth for lack of medical attention,
where guides remind tourists
of Nepal's contribution to foreign lands
and on holidays ask for the contribution
of their foreign cameras,
where young people
undergo army training
singing songs of Nalapani and Kangada fortresses

Donning a khukuri along with coat and tie,
renting my heart wide open
I feel I must speak to this country,
O fellow countrymen
O national poets
O honorable leaders
If you want you can label me
someone who hates or betrays his country
but this country is mine as much as yours,
even if we were to divide it equally
my small hut would stand
on one of its ten million pieces,
my funeral pyre would stand
on one of its countless river banks

This is the feel that compels me to say
that gives me courage to say:
this is a country of hearsay and rumour
If one were to unearth the foundation of each house here
only hearsay and rumour would be found heaped there
That's why this is a country of hearsay and rumour
This is a country standing on hearsay and rumour
This is a country founded on hearsay and rumour
This is a country of hearsay and rumour

Source: xnepali

गजल-'आमा'

मनका बोझ समेटेर आमा गीत गाएँ आज
बिछोडका पीडाबिर्सि गीतभित्रै छाएँ आज ।

सम्झनामै अल्झिराथें तस्वीरलाई हेरिकन
सपनीमै भएपनी आमा तिम्लाई पाएँ आज ।

वसन्तको हरियाली रंगिचंगी फूलहरू
त्यही फूल चढाऊन आमा नजिक आएँ आज ।

बिर्सिएकै छैन अझै सिरमाथी हात राखेको
त्यही हात ढोग्न आमा टाढाबाट धाएँ आज ।

बर्सौँबिते प्रतिक्षामा अनगिन्ती पलहरू
तिम्रै दिलको शहरमा आमा फर्कि आएँ आज ।