सम्झनाले मुटु दुख्दा एक्लै, टोलाएर रोएँ
सपनिमा देखें आज नबोलेर गयौ कता
कोल्टो फेर्दा आँखा खुल्दा आफै, झस्किएर रोएँ
वषौ भयो डुल्नै छोड्यौ नजर वरिपरी
दुखाउने यादहरु फेरी, पस्किएर रोएँ
बोझजस्तै भारी बने बोक्नै गाह्रो यादहरु
बिर्सु भन्दा तिनै याद पीडा, बल्झिएर रोएँ