July 15, 2011

बर्सिरहुन खुशीहरु ...........

बर्सिरहुन खुशीहरु हरेक मोडमा यसै गरी
हाँसिरनु सँगसगै यस्तै गरी सधैंभरी

पाइलाहरु अघी बढुन्, प्रगतिको सिखरमा
फलोस फुलोस त्यो साथ सधैं जीवनको आँगनिमा

बित्दै जाउन लाखौं ,वर्ष फूल जस्तै फक्रिएर
सधैंभरी सँगै हिंड्नु यस्तै गरी लर्किएर

जीवन भन्नु संघर्ष हो, सुखदुख एक् भावना
चम्किरहोस साथ सधैं यही हाम्रो शुभ्कामना