April 07, 2014

मन मुटु सिलाएर दुखलाइ पीई हेरम्, 
कस्टसबै लुकाएर खुसिभित्र झुमी हेरम्

सारा संसार मायामोह रहर भनूतिमि नै हो 
पिरतीमा डुबिकन नशा त्यसको लिई हेरम् 

,झरिजाने वैश सबको वसन्त झैँ आउन्न फेरि 
आशाहरु गासिकन दुई दिन भा नि जीइ हेरम् 

भुलचुक माफ गरि आऊ अब अघि बढौ 
थोरै  भानि मायाजालमा  दुबैजना खीई हेरम्

 ,आदर्शका थोत्रा कुरा बग्न देउ आसु संगै 
जसले जे जे भनुन साथी प्रेम प्याला पिईहेरम्