October 01, 2011
आ........... नि ....
कताबाट सुरु गर्नु र खै उसको र मेरो मिलनको प्रेम कथा ! कोही आएर सुटुक्कै कानमा भनेर गो को हो तपाईं !मलाई आस्चर्य लागेर आयो ,साचै म को हो मेरो पहिचान के हो एकछिन आकाशतर्फ घोरिए आफुले अहिले सम्म पढेका उपन्यासका बिबस पात्रहरु सम्झिएं !शिरिशको फूलकी बरी ,पहेलो गुलाबकी नारी सम्झें !सम्झना अली टाढा गो फेरी एउटा अधवैसें यात्रीको प्रतीक्षामा दिनबिताएकी सानीले कहिले उसको उमेर गो पत्तो नै पाइन रे !वर्सौसम्म जलिरहेको मुटु लिएर बाचिरही अरे सानी,तर यात्री फर्किएन कतिले मुटु गाँस्न खोजे ,कतिले साथ मगे तर सानी उसैको यादमा ज्युदो लाससरी बाचिरही !यस्तै अनेक बिबस्ताका कथाहरु सम्झेर आफ्नो जीवन भित्र रङ भर्ने गर्न थालेको नि धरै भो अब त !कोठाभरी छरिएर रहेका समानले मलाई बेला बेलामा पुरानो स्म्रती ताजा गराउँछ !सबैको नजरमा पलगभैसकें म ,मेरी सानी छोरी छ जस्ले मलाई केवल आमाभनेर बोलाउछे ,अरुले पुकार्ने नाम थरिथरी छन रे ,कहिले कहीं कोही नजिकको साथीले आउँदा सुनाउँछन !सागरले छोडेर गएपछी म लगभग पागल जस्तै बनेकी छु !हरेक दिन उसले मलाई पत्र लेख्ने गर्थ्यो !एक दिन ठटै ठटामा उसले भनेको थियो मेरा पत्रहरु जम्मा गरेर राख पछी मैले छोडे तिमीलाई साथी हुने छन भनेर ,आज साचै तिनै पत्रहरु मेरो एकालोपनका साथी भएका छन !मा हरेक दिन पत्र पढ्ने गर्छु !उसले पत्रको सुरुवत यसरी गर्थ्यो जहिले नि ।।।।प्राणप्यारो मित्र लाखैं सम्झना र मुटुभरीको माया तिमीलाई !वसन्तको पालुवा झै मौलाउने तिम्रा रहरहरु सधैं मौलाइरहुन थोरै भएनी मलाई सम्झने गर म तिमीबिना निरस हुन्छु ,कुनै सार नै छैन मेरो तिमीबिना ।।।।यस्तै यस्तै कुराहरु लेखेका हुन्थे उसको पत्रमा । मेरो पत्र पढ्ने र आँसु झर्ने समय छोरीले प्राय नियालेर हेरेकी हुन्थि। सकभर म लुकाउने कोशीस गर्थें !कोठा भरी छरिएर रहेका हरेक चिजले मलाई सगरको याद ताज बनाउथियो !हामी आमा छोरी उसको यादमा हरपल तड्पिएर बचेँका हुन्थेयौ,उसको यादमा म यती डुबेकी मेरो अफ्नो अस्तित्वो नै हराएर गएको थियो ! म रोगी बन्दै गएकी थिएँ तर सागर उसकी दुनियाँमा मस्त थियो ,उसले अर्कै संसार बसाइ सकेको रहेछ !तेही मान्छे जस्ले मेरो कानमा मेरो परिचय सोधेको थियो सागरको साथी पो रहेछ ऊ त ,उसैले मलाई सागरको बारेमा आज यतिका बर्ष पछी सत्य कुरा भनेको थियो ! म आफ्ना रहर मारेर ,उसैको यादमा तड्पिएर सारा सपना बिर्सिएर बचेँकी थिएँ !आज सगरको वस्तबिकता सुन्दा पो गाह्रो भएर आयो !विरक्तलाग्दो जिन्दगी झन बिरक्तियो आजबाट निस्ठुरिको याद नलिउ भन्दा नि याद आउने चिज धरै रहेछ !यी चउरी परेका गाला ,उस्ले छोएका ओठ ,यो घर आँगन सिन्दुर ,पोत यो छोरी !सब चिज छोडेर गए नि यो छोरी ले जहिले नि उसै निस्ठुरिको याद गराइरहन्छे ।।।।।।।।।।।।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment