December 15, 2014

आँखाबाट टप्प खस्यौ.......

आँखाबाट टप्प खस्यौ छातीभरी दु:खदा  तिमी
 सपनिमा खोज्छु सधैं बिपनिमा लुक्दा तिमी

 बर्सौ भयो आसिष छैन रित्तो लाग्छ शिर  पनि
 बिजोगै भो हामी सबको दैवसँग झुक्दा तिमी

 सुनखरी फूलसँग फुल्थें तिम्रा इच्छाहरु
चक्नचुर भए सबै सानो बातमा चुक्दा तिमी

 चुम्ने गर्थ्यौ कल्पनामा सफलताका पाइलाहरु
तिनै सपना छुरी बने बीचैमोडमा रुक्दा तिमी

चट्टै बिर्स्यौ माया मार्यौ त्यति प्यारो सन्सारको
 बेहाल भई बाँच्नै गाह्रो अन्त कतै ढुक्दा तिमी !

No comments:

Post a Comment