October 29, 2010

आजै मरें भोली

आजै मरें भोली मरें भन्दा भन्दै बाँचे फेरी
जानिजानी पिरतिका मुनाहरु भाँचें फेरी

अनिदोले आँखा दुखे ,सम्झनाले मुटु मेरो
छट्पटिमै गृष्म बित्यो शरदपनि माँसें फेरी

डाँडा काटे आफ्न्तले, बेहोसिमै हिंडें यता
अनायासै अतीत बल्झ्यो कल्पनामै हाँसें फेरी

निभेको त्यो दीयो अनी सप्तरङी टीकासँगै
झुटो आशको चाहनामा मखमली गाँसें फेरी

1 comment:

  1. यो गृष्म याम सँगै जाने न्यानोपन पन, चाडबाडको रमझम र फेरी परदेश फर्किने आफन्तीको समयको राग ज्यादै मर्मश्पर्शी हुन्छ। ज्यादै उत्कृष्ट लाग्यो हजुरको गजल ! धन्यवाद !

    ReplyDelete