Showing posts with label अध्यारोको राप. Show all posts
Showing posts with label अध्यारोको राप. Show all posts

June 06, 2010

अग्ला अग्ला हिमचुली

अग्ला अग्ला हिमचुली कल्पनामा छुन्छु
सम्झनाको सागर तर्दै एकान्तमा डुल्छु

लालिगुँरास ओठमा फक्राई मीठो मुस्कानसँग
चाहनाको संसारमा आफू एक्लै झुम्छु

आँखाभरी सपना फुल्दा जीवन सफल सोच्दै
दोबाटोको गोरेटोमा फूलबनी फुल्छु

ह्रदयको कुहिरोमा झुल्के घाम लाई
वसन्तको बहारसरी हरियाली हुन्छु

उजाडताको नामलिदा वर्षात ल्याउँन खोजि
शरदको जूनजस्तै पूणिमा भैइ खुल्छु

सन्ध्यापछी रातपर्दा अध्यारोको राप सँगै
कहिले काहींभएपनी माया सम्झी रुन्छु