Showing posts with label आँखातानी हेरिदिदा. Show all posts
Showing posts with label आँखातानी हेरिदिदा. Show all posts

May 29, 2010

गजल-'आँखातानी हेरिदिदा'

केही पाएँ जस्तो लाग्छ गुमाएँ झै केही लाग्छ
अनन्तमा मैले जून भेटाएँ झै लाग्छ

हासो पोखेसरी लाग्छ आँसु लुकाएर
क्षीतिज पुगी मैले ससी छोई जस्तो लाग्छ

बादलपरी मायालुको देशपुगे पछि
बिपनिमै सुन्दर संसार रचेजस्तो लाग्छ

चाँदनीमा पर्दा बन्दै औसी छाएपनि
अन्धकारमै मैले प्रकास पाएँ जस्तो लाग्छ

आँखातानी हेरिदिदा छड्के नजर उनले
'निसा' होइन म त आज उशा जस्तै लाग्छ !!!!!!