Showing posts with label जलाई. Show all posts
Showing posts with label जलाई. Show all posts

May 31, 2010

के भूल थियो मायामा

के भूल थियो मायामा मेरो छोडेर गईदियौ
ह्रदय मेरो खरानीपारी पराई भइदियौ
उजाड तिम्रो जिन्दगिभरी वसन्त ल्याएँथें
आफ्नो नै हुन्छौ भनेर अनि जीवन सुम्पेथें

एकलासपारि कल्पेर रुदा साहारा दिएँथें
मायाको नशा पिउँन दिदा हाँसेर पिएँथें
के थियो कमी मुस्कानमा मेरो छोडेर गईदियौ
ह्रदय जलाई खरानी बनाई पराइ भइदियौ

चन्द्र र सूर्य नयन छोप्थे त्यो हाम्रो मिलनमा
कसरी बाँच्यौं काँ प्रीत साँच्यौं विछोडको बेलामा
सम्झना पनि आएन हकी निष्टुरी रहेछौ
एकलासपारी माया नै मारि टाढा पो गएछौ

के खोट थियो जीवनमा मेरो लत्याइ गयौ नि
सिउँदो मेरो उजाड पारी पराइ भयौ नि
सपना पनि देख्दैनौ हकि गुराँस सिउँरेको
धरै भो आज मायालु नजर थाकेर निहुँरेको

प्रतीक्षा पनि खेर गो हेर सक्दिन पर्खन
बिर्सिदिउँ भन्छु अतीतका गाथा विर्सन सक्दिन
घातमात्रै थिए तिम्रो त साथमा हात मैले दिएँथें
मुस्कान तिम्लाई दिएर मैले चोटहरु लिएँथें

ताजै छ हेर गोधुलीभित्र रमाइ हाँसेको
सक्दिन छोप्न यी आँखाभरी तस्वीर नाचेको
गैदियौ टाढा सम्झना गाढा भएर आउछ
स्म्रीती ताजा पारेर बस्दा आँसु पो झर्दछ

के गरें गल्ती यसरी तिमी छोडेर गयौ नि
मुटुलाई जलाई घायल बनाई पराइ भयौ नि