Showing posts with label जवानी. Show all posts
Showing posts with label जवानी. Show all posts

June 09, 2010

गजल 'जिन्दगीलाई जिउँदा थाकी'

जिन्दगीलाई जिउँदा थाकी पिएँ अलिकती
फाटिएको मनमुटुलाई सिएँ अलिकती

साथ माग्दा लात दिने निष्ठुरी त्यो मन
जवानीको वैशसँग खिएँ अलिकती

रुदरुद सुके आँसु मङ्जरीमै झर्दा
रुझाउँन नयन आँसु पैंचो लिएँ अलिकती

मिलनको घाऊँ बल्झी पीडा बड्दा पनि
घातहरु समालेर जीवन् जिएँ अलिकती

मिलन विछोड आँसु हाँसो जीवनको रित
भन्ने कुरा गुन्दै हाँसो तिम्लाई दिएँ अलिकती !!!