Showing posts with label नजर. Show all posts
Showing posts with label नजर. Show all posts

June 12, 2010

प्रतीक्षामा हुन्थें सधैं

प्रतीक्षामा हुन्थें सधैं रित्तो जीवन लिईकन
खुशीयाली खोज्थें सधैं आँसुलाई पीईकन

हाँस्ने गर्थें आगमनमा फूल गास्थें सम्झनामा
आराधाना गर्थें सधैं सफलताको कामनामा

नजरलाई उठाएर बस्थें तिम्रो आगमनमा
फूलहरु फुलाउथें जीवनको आँगनमा

प्रभातको उशासँग लाली छर्थें ओठभरी
तिमीलाई खोज्ने गर्थें फूलैफूलको बोटभरी

सुम्सुमाउँदै फूललाई हाँस्ने गर्थें आँसु लुकाइ
बाँच्ने गर्थें नशापीई जिन्दगीलाई धोका दिई

सप्तरंङी सपनिमा चढाउंथें तिमीलाई
मुस्काउँथें प्रतिक्षामा लुकाउँथें चोटलाई

मरुभुमीसरी जीवन बनाउँछु वसन्त झै
तिम्रो नामको चिनोभनी बाँच्ने गर्छु वादल् भई