Showing posts with label रगत. Show all posts
Showing posts with label रगत. Show all posts

June 08, 2010

गजल 'सगरमाथा शिर बनाई'

सगरमाथा शिर बनाई बोक्नु पर्छ अब
नाप तौल गरी देशलाई जोख्नु पर्छ अब

स्वार्थीहरु बढे देशमा अशान्तिको लहर उस्तै
रगतभन्दा पसिनालाई पोख्नु पर्छ अब

भेदभाव बढीराछ तेरोमेरो जताततै
अन्याय र अत्याचारलाई रोक्नु पर्छ अब

पहाडमै फुलाउँ गुराँस तराईमा कमल फुल्छ
पहाड तराई छुटाउँनेलाई ठोक्नु पर्छ अब !!!


यहाँ ठोक्नु शब्दको अर्थ अन्यथा नलागोस्