Showing posts with label लोचनको झरि. Show all posts
Showing posts with label लोचनको झरि. Show all posts

May 30, 2010

सितारा भित्र उनको मुहार

सितारा भित्र उनको मुहार क्या राम्रो सुहाउँथ्यो
क्षितिजबाट कोइली आई उनलाई बोलाउँथ्यो

प्रभातसंगै फुल्दथे फूल नैरंगे वसन्ती
ती फूल टिप्दै माथमालाई खुशीले घुम्दथी

गोधुली हुन्थ्यो चैतारी धाउँदै गर्दथी प्रतीक्षा
छाहारिमुनी बसेर गुनी गर्दथी समिक्षा

शिशिर ऋतु फक्रेका फूल मुँस्काको गुराँस
टाढा पो गईन माइती छोड्दै छर्कदै सुवास

हाँसेर बाच्थी नयन साट्थी आफ्न्ती माझमा
तिता र मीठ गफमा भुल्थी गोधुली साँझमा

मिलेर खेल्थ्यौ वन र पाखा कोपिला चुड्दथ्यौं
पिरतिभित्र मायाका वात सँगसँगै बाड्दथ्यौं

बितेर गए असंख्य दिन भेट पनि भा छैन
मिलनका ताजा स्म्रतिहरु मेटिन पा छैन

शिरको सिन्दुर पुछियो उन्को जुनेली रातमा
बस्ननै पाइन उनले कहिल्यै मायाको साथमा

सानी छे छोरी हरपल सोध्छे बाबा खोइ भनेर
उत्तर दिन्छिन क्षितिज पारी एक छिन गुनेर

सक्दिन उनी समाजमा अब हाँसेर बाचन
नसक्छिन गाँस्न नसक्छिन अब पिरती साँटन

के भाग्य कोर्यो दैवले उन्को निधारमा कुन दिन
मुस्कान अब सकियो भन्दै रोएर थाक्दिन

भाग्यले ठग्यो आफन्ती माझ विचरी चरिलाई
नझर्नु भन्दै पुकार्ने गर्छिन लोचनको झरिलाई!!!

फाल्गुन ५ /२०५८ कसैको सम्झनामा