Showing posts with label साथी. Show all posts
Showing posts with label साथी. Show all posts

May 29, 2010

गजल-'अनायसै बर्सौपछी'

अनायसै बर्सौपछी आँखाबाट छल्क्यौ साथी
पिरतिमा चोटदिन किनयती पल्क्यौ साथी

बिछोडको मिठोपीडा समाल्दैथे जेनतेन
छट्पटिमै रातकाटें बिहानिमै टल्केयौ साथी

खडेरिमै फुलेपनी हाँसिराथें ससिजस्तै
बेमौसमको बर्षात्सरी जीवनबाटै ढल्क्यौ साथी

छातिमाथि सुल घुप्दै सम्झनालाई रोकेकोथें
अनायासै आजफेरी कल्पनामा सल्केयौ साथी !!!!!!!!