Showing posts with label हाँस्ने चलन. Show all posts
Showing posts with label हाँस्ने चलन. Show all posts

May 29, 2010

गजल-'जिन्दगीको मीठो यात्रा'

जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ
प्रेमप्याला पिइकन संगै जिउँन मर्न पाऊँ

वसन्तको आँगनमा फूलहरु सार्दासार्दै
पिरतीको उकालीमा नयाँ रंग भर्न पाऊँ

हाँस्ने चलन छैन भन्छन जताततै पीडैपीडा
लोलाएका ओठहरुमा मिठो मुस्कान छर्न पाऊँ

प्रभातको किरणसरि जीवनमा रम्दारम्दै
हाम्रो प्रेमको फूलबारीमा नयाँ फूल सार्न पाऊँ

त्यो मन जस्तो अरु छैन चाहिदैन खुसीपनि
ब्याथाहरु साटिकन तिमीसंगै झुम्न पाऊँ!!!