October 01, 2011
आ........... नि ....
कताबाट सुरु गर्नु र खै उसको र मेरो मिलनको प्रेम कथा ! कोही आएर सुटुक्कै कानमा भनेर गो को हो तपाईं !मलाई आस्चर्य लागेर आयो ,साचै म को हो मेरो पहिचान के हो एकछिन आकाशतर्फ घोरिए आफुले अहिले सम्म पढेका उपन्यासका बिबस पात्रहरु सम्झिएं !शिरिशको फूलकी बरी ,पहेलो गुलाबकी नारी सम्झें !सम्झना अली टाढा गो फेरी एउटा अधवैसें यात्रीको प्रतीक्षामा दिनबिताएकी सानीले कहिले उसको उमेर गो पत्तो नै पाइन रे !वर्सौसम्म जलिरहेको मुटु लिएर बाचिरही अरे सानी,तर यात्री फर्किएन कतिले मुटु गाँस्न खोजे ,कतिले साथ मगे तर सानी उसैको यादमा ज्युदो लाससरी बाचिरही !यस्तै अनेक बिबस्ताका कथाहरु सम्झेर आफ्नो जीवन भित्र रङ भर्ने गर्न थालेको नि धरै भो अब त !कोठाभरी छरिएर रहेका समानले मलाई बेला बेलामा पुरानो स्म्रती ताजा गराउँछ !सबैको नजरमा पलगभैसकें म ,मेरी सानी छोरी छ जस्ले मलाई केवल आमाभनेर बोलाउछे ,अरुले पुकार्ने नाम थरिथरी छन रे ,कहिले कहीं कोही नजिकको साथीले आउँदा सुनाउँछन !सागरले छोडेर गएपछी म लगभग पागल जस्तै बनेकी छु !हरेक दिन उसले मलाई पत्र लेख्ने गर्थ्यो !एक दिन ठटै ठटामा उसले भनेको थियो मेरा पत्रहरु जम्मा गरेर राख पछी मैले छोडे तिमीलाई साथी हुने छन भनेर ,आज साचै तिनै पत्रहरु मेरो एकालोपनका साथी भएका छन !मा हरेक दिन पत्र पढ्ने गर्छु !उसले पत्रको सुरुवत यसरी गर्थ्यो जहिले नि ।।।।प्राणप्यारो मित्र लाखैं सम्झना र मुटुभरीको माया तिमीलाई !वसन्तको पालुवा झै मौलाउने तिम्रा रहरहरु सधैं मौलाइरहुन थोरै भएनी मलाई सम्झने गर म तिमीबिना निरस हुन्छु ,कुनै सार नै छैन मेरो तिमीबिना ।।।।यस्तै यस्तै कुराहरु लेखेका हुन्थे उसको पत्रमा । मेरो पत्र पढ्ने र आँसु झर्ने समय छोरीले प्राय नियालेर हेरेकी हुन्थि। सकभर म लुकाउने कोशीस गर्थें !कोठा भरी छरिएर रहेका हरेक चिजले मलाई सगरको याद ताज बनाउथियो !हामी आमा छोरी उसको यादमा हरपल तड्पिएर बचेँका हुन्थेयौ,उसको यादमा म यती डुबेकी मेरो अफ्नो अस्तित्वो नै हराएर गएको थियो ! म रोगी बन्दै गएकी थिएँ तर सागर उसकी दुनियाँमा मस्त थियो ,उसले अर्कै संसार बसाइ सकेको रहेछ !तेही मान्छे जस्ले मेरो कानमा मेरो परिचय सोधेको थियो सागरको साथी पो रहेछ ऊ त ,उसैले मलाई सागरको बारेमा आज यतिका बर्ष पछी सत्य कुरा भनेको थियो ! म आफ्ना रहर मारेर ,उसैको यादमा तड्पिएर सारा सपना बिर्सिएर बचेँकी थिएँ !आज सगरको वस्तबिकता सुन्दा पो गाह्रो भएर आयो !विरक्तलाग्दो जिन्दगी झन बिरक्तियो आजबाट निस्ठुरिको याद नलिउ भन्दा नि याद आउने चिज धरै रहेछ !यी चउरी परेका गाला ,उस्ले छोएका ओठ ,यो घर आँगन सिन्दुर ,पोत यो छोरी !सब चिज छोडेर गए नि यो छोरी ले जहिले नि उसै निस्ठुरिको याद गराइरहन्छे ।।।।।।।।।।।।।
July 15, 2011
बर्सिरहुन खुशीहरु ...........
बर्सिरहुन खुशीहरु हरेक मोडमा यसै गरी
हाँसिरनु सँगसगै यस्तै गरी सधैंभरी
पाइलाहरु अघी बढुन्, प्रगतिको सिखरमा
फलोस फुलोस त्यो साथ सधैं जीवनको आँगनिमा
बित्दै जाउन लाखौं ,वर्ष फूल जस्तै फक्रिएर
सधैंभरी सँगै हिंड्नु यस्तै गरी लर्किएर
जीवन भन्नु संघर्ष हो, सुखदुख एक् भावना
चम्किरहोस साथ सधैं यही हाम्रो शुभ्कामना
June 22, 2011
चुरा बज्दा तिम्रो .....
चुरा बज्दा तिम्रो हातका गर्ने गर्छन् मेरो कुरा
फरियाले फर्फर गर्दा लाग्ने गर्छ जीवन पुरा
कती नै भो रेसमी केश, सुम्सुमाउँदै हाँसेको नि
त्यही हाँसो भित्र पाउँछु मेरो आफ्नो संसार सारा
आफ्नो लक्ष्य बिर्सिएर हिंडेकीथ्यौ मेरो साथ
दुवै लक्ष्य एउटै भन्दै चलेको छ जीवनधारा
सुन्दर सुन्दर कल्पना ति भविष्यका पाईलाभित्र
कोर्दै सहज अँगालेथ्यौ मेरो गाउँले, पाखेपारा
May 17, 2011
February 18, 2011
हरपल हरमोड दौडिरहें............
हरपल हरमोड दौडिरहें रुवाइरह्यो जिन्दगीले
सकुन्जेल लडिरहें बगाइरह्यो जिन्दगीले
सपनाहरु परेलिमा, प्रत्येक दिन भिन्दाभिन्दै
मारुनिको तालमा जस्तै नचाइरह्यो जिन्दगीले
हाँस्न खोजें आँसुपीइ, झिनो आशा बोकिकन
बाचुन्जेल घाऊ बनी दुखाइरह्यो जिन्दगीले
शिशा जस्तै चकनाचुर, भाग्य यस्तो कस्ले रच्यो
फुल्न खोजें गुराँस जस्तै लुकाइरह्यो जिन्दगीले
टाल्दै गएँ पीडालाई, मलमपट्टी आशा बनाई
क्षितिज छुन उठ्न खोज्दा लडाइरह्यो जिन्दगीले
काँढालाई सुमन सोची, अघि बढ्छु भन्दापनि
सारा शरीर शिथिल बनाई बसाइरह्यो जिन्दगीले
सकुन्जेल लडिरहें बगाइरह्यो जिन्दगीले
सपनाहरु परेलिमा, प्रत्येक दिन भिन्दाभिन्दै
मारुनिको तालमा जस्तै नचाइरह्यो जिन्दगीले
हाँस्न खोजें आँसुपीइ, झिनो आशा बोकिकन
बाचुन्जेल घाऊ बनी दुखाइरह्यो जिन्दगीले
शिशा जस्तै चकनाचुर, भाग्य यस्तो कस्ले रच्यो
फुल्न खोजें गुराँस जस्तै लुकाइरह्यो जिन्दगीले
टाल्दै गएँ पीडालाई, मलमपट्टी आशा बनाई
क्षितिज छुन उठ्न खोज्दा लडाइरह्यो जिन्दगीले
काँढालाई सुमन सोची, अघि बढ्छु भन्दापनि
सारा शरीर शिथिल बनाई बसाइरह्यो जिन्दगीले
Subscribe to:
Posts (Atom)