Showing posts with label आँचलभरी. Show all posts
Showing posts with label आँचलभरी. Show all posts

May 31, 2010

बालपन

फूलका थुङ्गा बोकेर हिड्थें उकाली ओराली
प्रभातसँगै छाउँने गर्थें आफन्ती मनभरी

टिपेर दिदा गुलबी फूल माथमा सजाउथें
शैशवकालको उकाली धाउँदा खुसीले रमाउथें

ओठमा हाँसो ल्याउथें सधैं आमालाई देखेंमा
उठाउनु हुन्छ बाबाले भन्थें खेलेर लोटेमा

आँखामा फुल्थे कलीला फूल गालामा गुलाबी
मुटुमा बस्थे हृदयमा छाउथे पालुवा पल्लवी

चुडेर लिदा मायाको फूल छिनैमा फकाउथे
मनको कुरा पुगेन भने रिसले झर्किन्थें

मायामा भुल्थें सपनिमा फुल्थें चोटहरु लगे नि
आशिष थुप्रै समेट्ने गर्थें पीरमा परें नि

आँचलभरी पोखिने गर्थ्यो थापेर कामना
अनन्त डुल्थें खुसिमा झुम्थें सजाउथें भावना

वात मर्ने गर्थें पैचासी जस्ता गोधुली साँझमा
सँगैमा हुन्थे बाबा र आमा भाईबहिनी माझमा !!