Showing posts with label गुन. Show all posts
Showing posts with label गुन. Show all posts

May 31, 2010

रसाएका आँखा सुके

रसाएका आँखा सुके पर्खिबस्दा उन्लाई
कती चाडै बिर्सिएछ लगाएको गुनलाई

चौतारीमा मिलनको गीत गुनगुनाउँदै
मध्यरातमा तारा गन्दै छोएकाथ्यौं जूनलाई

चौरस्तामा बाटो मोड्दा हल्लाएका हात
नजानिदै बिर्स्यो क्यारे पोखेको त्यो खूनलाई

माझेरिमा रुक्दै हुन्थे वात मिठामिठा
हिजोअस्ति मेरै भन्थ्यो आज सुन्प्यो कुनलाई

माथभरि फक्रेका ती गुलाबका मुना
कुल्चिएर हिडिदियो नफक्रेको फूललाई !!!