Showing posts with label गृष्ममा पो फुल्छु. Show all posts
Showing posts with label गृष्ममा पो फुल्छु. Show all posts

May 29, 2010

गृष्ममा पो फुल्छु.....

सपनाहरु यी किन नियाल्छु
हरपल यी नयनमा प्रीत सँगाल्छु

झस्केर उठेको एउटा तरङग देख्छु
त्यही भित्र मिठो यो प्रीत लेख्छु

अस्पस्ट शब्द नि किन हो म सुन्छु
टोलाउदै यादमा वर्तमान भुल्छु

चाहानासब समेट्दै एउटा हार उन्छु
कल्पनाको संसार चुमेर झुम्छु

फुलाउदै फूल वसन्त नहुँदै म झर्छु
एकलासको एकान्तसंगै म उड्छु

अनेकथरी ...छन सपना हृदयभरी जो गुन्छु!
कस्तो उल्टो छ मति हेर म त गृष्ममा पो फुल्छु !!