May 28, 2010

गजल-'आमा'

मनका बोझ समेटेर आमा गीत गाएँ आज
बिछोडका पीडाबिर्सि गीतभित्रै छाएँ आज ।

सम्झनामै अल्झिराथें तस्वीरलाई हेरिकन
सपनीमै भएपनी आमा तिम्लाई पाएँ आज ।

वसन्तको हरियाली रंगिचंगी फूलहरू
त्यही फूल चढाऊन आमा नजिक आएँ आज ।

बिर्सिएकै छैन अझै सिरमाथी हात राखेको
त्यही हात ढोग्न आमा टाढाबाट धाएँ आज ।

बर्सौँबिते प्रतिक्षामा अनगिन्ती पलहरू
तिम्रै दिलको शहरमा आमा फर्कि आएँ आज ।

1 comment:

  1. Beautiful, as much as I can understand!! Glad to visit your blog.. :)

    ReplyDelete