May 31, 2010

चौतारी कुर्नु दोबाटो

चौतारी कुर्नु दोबाटो ढुक्नु फर्केर आउँने छु
मायाको सौगात आँचलभरि बोकेर ल्याउँने छु

यस्तै हालत पहिले जस्तै विछोडमा बाँचदा
मायालाई सम्झि मुस्काउँने गर्छु गुराँस हाँसदा

पर्खेर बसे आउँछु चाडै गोधुली साझामा
सजाई राख्नु फुल्बारी हाम्रो स्वर्गको माझमा

शिखर चुम्न जाउँला सँगै क्षितिजको बाटोमा
मिलनमा मात्रै बाँचौंला तब विछोडको साँटोमा

नौडाँडापारी झुल्के घाम डुब्दा पिरती साँटौंला
एकान्तकुना निर्जन वनमा गएर भेटौंला

वसन्ती फूल टिपौंला सँगै वसन्त ऋतुमा
प्रीतिका गीत बसेर गाउँला सुवासी रातमा

नहुनु उदास सम्झेर तिमी नबल्झाउ भावना
दु:खमा डुब्दै पीडाको यहाँ गर्दै छु सामना !!

No comments:

Post a Comment