May 28, 2010

गजल-'गोधूलिका अतीत बिर्सि'

गोधूलिका अतीत बिर्सि अन्तै नाता जोड्यौ तिम्ले
घुम्तिमोडमा एक्लैपारी बे-वारिसे छोड्यौ तिम्ले

तिमीविना प्रत्येकपल जिउँदै अनि मर्दैथें म
दोबाटोमा छोडिकन पाइला अन्तै मोड्यौ तिम्ले

बिर्सिएर भूल्न खोज्दा नयनभरि फुल्यौ हेर
पतझरभनी लत्याएर आर्कै फूल गोड्यौ तिम्ले

फूल्लेहानी जिस्काउँदै तिम्रै हुँ म भन्थ्यौ पैले
त्यो भूल थियो भन्दै आज वाचाकसम तोड्यौ तिम्ले

No comments:

Post a Comment