May 29, 2010

गजल -'सम्झनाको जालो बुन्दै'

सम्झनाको जालो बुन्दै कल्पनामा डुल्ने गर्छु
फूलै फूलको तरेलीमा हिजोआज फुल्ने गर्छु

मनका बोझ तिम्रोसामु पोखेदेखि होला
भित्र भित्रै फक्रिएर अनन्तमा पुग्ने गर्छु

अट्टाहास मरूभुमि जिन्दगीका कथा भन्थें
आजभोलि त्यही कथा कोरिकन झुल्ने गर्छु

सजाएको भूमरिमा छट्पटाई बाचेँको थें
पीडाजति तिम्ले लिदा रमाएर खुल्ने गर्छु

घुम्ती मोडमा साथ चाहे तिम्रै नाम लिने गर्छु
मझेरीको जूनजस्तै 'नीशा' माझ फुल्ने गर्छु !!

No comments:

Post a Comment