सम्झना झन चर्किएर नयनमा बल्झेको छ
टम्म कुहिरो ह्र्दयमा हिमाल अझै टल्केको छ
न सकिन्छ बिर्सनलाई न त लाग्छ बिर्सुजस्तो
झक्झकाउने उनको याद पछेउरिमा अल्झेको छ
चस्स घोच्ने काडा पनि पल्लवि नै लाग्थ्यो क्यारे
ह्र्दयको वनैभरी डढेलो नै सल्केको छ
हिजोसम्म मीठो लाग्ने पिरतिको रीत पनि
मुटु खाने व्यथा बन्दै आजभोली गल्केको छ
घुर्की पनि प्यारो लाग्थ्यो लालीगुरास मुस्काउथ्यो
मेरो माथको सिरफुल अन्तैतिर चम्केको छ !!!!!
No comments:
Post a Comment