May 28, 2010

गजल-'आफन्तीको बिजोगै भो'

लोचन बने गुलाब मेरा अश्रुधार बग्दा
मझेरीमै सुस्ताइयो चोटहरु पर्दा

हाँसोजति हराए छ आँसु साथी बन्यो
शिरमाथि बज्र्यो दैब पहाड चढ्न खोज्दा

साहस नै हराएको सिंहसरि भइयो ।
साउने झरी दर्किरा'छ दिलको टुक्रा खस्दा

कलिला ती हात उस्का अधरको हाँसो
अब देख्न पाइन्न रे संसार नै तर्दा

शशीसरि मुहार उस्को लोचन उस्का प्यारा
आफन्तीको बिजोगै भो उसले डेरा सर्दा !!

मेरो सानो भाई जस्ले पोहर साल हामी सबैलाई छोडेर कहिले नफर्कने गरी यो संसारबाट बिदा लियो उसैको सम्झनामा केही कोर्ने कोसिसमात्रै !!! 2065

No comments:

Post a Comment