ह्र्दयभित्र छाई देऊतिमी पर्खेर बस्ने छु
चोटहरु जती सँगाले पनि मुस्काइ रह्ने छु
बन्दछु म त भावुक सधैं सम्झदै चाहना
हिमाल चुम्ने कोसिस गर्दा पाउँथें कामना
छर्किदेउ किरण निशालाई सधैं उज्यालो छाऊन
प्रभातको उषा बनिदेऊ तिमी सिउँदो रंगाउन
क्षितिजपारी नपुग्दै लडें मोडहरु सकिए
ह्र्दयभरी साँचेका सपना आज सब रित्तिए
पाइन हेर जिन्दगीभरी जुनेली किरण
नसक्छु सधैं रोएर बाँच्न न आउँछ मरण
चोटहरु थुप्रै मुटुको कुना चस्केर दु:खद छ
सम्झदा सबै अतितका वाचा भक्कानो फुट्दछ
के भूल थियो काँहा थ्यो गल्ती केलाउन सक्दिन
तिम्रै हुँ भनी सुसेल्ने भाका म भुल्न सक्दिन
सुटुक्क आई बताउनु पर्ने गल्ती नै भए नि
फकाई आफै लैजानु पर्ने म टाढा गए नि
सजाए भोगें परेर छल्मा जाली नै रहेछौ
मुटुको टुक्रा सम्झन्थें माया चुडेर लगेछौ
सक्दिन बाँच्न विछोडमा म त रुदैछु सम्झेर
एकपटक फेरी बोलाईदेउ तिमी मुसुक्क हाँसेर
बिर्सने थिएँ अतीतका सबै असंख्य चोटहरु
खुसिले सधैं रंगाउने थिएँ आउने मोडहरु
पीर र व्यथा विर्सन्छु बरु लैजाउ साथमा
सजाईदेऊ गुलाबी फूल उजाड यो माथमा
लजाउँछन नयन सम्झेको बेला छोपेर बस्दछु
चोटहरु साथी सम्झदै अनी हाँसने गर्दछु
पिल्सिदा सम्म पिल्सिएँ हेर पीरहरु बोकेर
बाँच्दै छु आज हरेकपल तिम्रो नाम जपेर !!!
No comments:
Post a Comment