May 31, 2010

बोल्दा वात लाग्छ

किन होला हिजोआज बोल्दा वात लाग्छ
फूल टिप्न खोज्दा पनि काँडा हात लाग्छ
आँसु पिए पनि किन नशा जस्तै लाग्छ
आजभोली कुन्नि किन दिउँसै रात लाग्छ

झार्नु हुन्न आँसुभनि सम्झाए झै लाग्छ
खुशीको त सीमारेखा छोडि टाढा भाग्छ
किनहोल हिजोआज मातैमात लाग्छ
मुस्कान खोज्न हिडुं भन्दा आँसु साथ लाग्छ

सास फेरी बाँचेपनि जिउँदै लास लाग्छ
यताउती नजरदिदा खाली उदास लाग्छ
धेरै माथि उचाइबाट झरी जस्तो लाग्छ
बोल्दा पनि किन होला उल्टै वात लाग्छ

प्रभात भन्छन सबै तर किन साँझ लाग्छ
आजभोली हाँस्दा पनि दुखी भा झै लाग्छ
खुशीसँग रमाएनि आँसु माझ लाग्छ
दुई शव्द मिठो बोल्दा किन वात लाग्छ !!!

No comments:

Post a Comment