May 29, 2010

गजल

ह्र्दय यो जलिजलि खाग भई सक्यो
आकांक्षाको तरेलिमा दाग बसि सक्यो

अस्रुधार चुहिकन आँचल भिज्न खोज्दा
अँञ्जुलीले दुई आँखा छोप्न थालि सक्यो

फूलबनि फुलें सोच्दा ओईली झरिसकें
किन होला प्यारो जीवन उदास बनी सक्यो

पलपलको तड्पाइमा मुटु दुख्दा दुख्दा
चाहानाको संसारनै अन्तै लम्कि सक्यो

नौडाडाको पारिपट्टि झुल्के घाम डुब्दा
त्यसैसँग माया मेरो ओझेल भई सक्यो

अनन्तको हिमचुलिमा उकालिदै गर्दा
थाकिथाकी आफ्नो लक्ष्य बोझ बनि सक्यो

चाँदनिको रापसगैँ कौसिमुनी बसी
टोलएर नीशा खोज्ने बानी परि सक्यो !!!!

No comments:

Post a Comment