गल्तिहरुको कुरै नगर होस हराएको बेला
माया भन्दै नबोलाउ तिमि बिहोसिमा मातिएको बेला
थोरै बाँची धरै मर्दै जीवन कटाएको बेला
नसम्झाउँ विगत आँखा रसाएको बेला
मनको मझेरीमा सम्झना बल्झिएको बेला
नलोलाउ ओठहरु स्मृति गुमाएको बेला
आँगनीको डिलमा बसी मोती खसाएको बेला
नहाँस मुटु छेड्ने हाँसो प्रीती सुस्ताएको बेला
घाउ बल्झी अतितले रुझाएको बेला
नमाग साथ जीवन मुर्झाएको बेला !!!
No comments:
Post a Comment