टाढाको वस्ती सम्झना गाढा के गरु सम्झेर
जिन्दगी पनि बेवारिस लाग्छ यादमा तड्पेर
पुग्दैन द्रस्टि खोल्दछु आँखा थाकेर चिम्लन्छु
हरेकपलको तड्पाइसगँ कल्पेर सम्झन्छु
खोलेर हेर्छु मुटुको ढोका यादहरु बल्झेका
आँचल समाई पुछेर हिडछु नयन भिजेका
अमूल्य लग्थे आँखाका आँसु बर्सेर झरदा
कसरी बाच्नु भनेर गुन्थें बिछोडमा परदा
बाचिनै राछु नयनभरि अस्रुधार बोकेर
मुटुको चोखो पवित्र माया कागजमा पोखेर
लाग्दैन थियो हिजो र अस्ति जिन्दगी उदास
छर्के झै मान्थें रहरभरि मायालु सुवास
हासेर बाच्थें वर्तमानसँग अतीत दुखे नि
कुन ठाउँमा छोडि कसरी तोडी मुस्कानका तरेली
गुनेर लिन्छु रमाईला दिन आफ्न्ती माझका
तिता र मीठ सुवासी कुरा गोधूली साझका
बन्द छ कोठा बन्धनभित्र बिचरासरी म
अरुले भन्छन्भाग्य कि खानि खुशी छेस् हरपल त
के थाहा कस्लाई निर्दोसिलाई सजाए भएको
पहिलो दिन्मै पिरती मेरो पराई भएको
No comments:
Post a Comment