आज फेरि सम्झें मैले यो ज्यानको हार भयो
मिठो बोली हिजोआज मुटु रेट्ने धार भयो
खोला तरें जङ्घार तरें संगम सम्म पुग्छु भनी
बहार थियो पहिले जीवन आज फेरि झार भयो
टाढा पुग्थ्यो भावना यो टोलाएर सम्झनामा
कल्पनाको सिखर यो पर्खालरुपी बार भयो
बात मीठो साथ मीठो लागिरन्थ्यो पहिले पहिले
कुन्निकिन त्यही साथ अब मलाई भार भयो
बाध्यता त होइन भन्दा मुस्काउथें टोलाएर
मुस्कानको तरेली त्यो आज जली खार भयो
२०६१-२-
No comments:
Post a Comment